विद्यार्थी छुट कार्यान्वयन गराउन विद्यार्थीको माग


पोष्टराज पहाडी,
सिन्धुली,पुस ७ ।
सार्वजनिक यातायातका साधनमा विद्यार्थीले पाउनुपर्ने ४५ प्रतिशत छुटको कार्यान्वयन गराउन जिल्ला प्रशासन कार्यालय सिन्धुली समक्ष सिन्धुलीका ४ विद्यार्थी संगठनले माग गरेका छन् । शुक्रबार जिल्लामा क्रियाशील एमाले निकट अनेरास्ववियू, माओवादी निकट अनेरास्ववियू (क्रान्तीकारी), काँग्रेस निकट नेवि संघ र एमाओवादी निकट अनेरास्ववियू (क्रान्तीकारी) ले सार्वजनिक सवारी साधनहरुमा राज्यले प्रदान गर्दै आएको विद्यार्थीको लागि ४५ प्रतिशत छुटको कार्यान्वयन सिन्धुली जिल्लामा हुन नसकेको भन्दै तत्काल कार्यान्वयन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुली समक्ष संयुक्त ज्ञापन पत्र बुझाएका हुन् ।
सो ज्ञापनपत्र मार्फत सिन्धुलीको रुट भएर चल्ने सार्वजनिक यातायातका साधनले विद्यार्थीको परिचय पत्र देखाउदा पनि मनपरी ढंगले भाडा असुल्ने गरेको भन्दै ४८ घण्टा भित्र वैज्ञानिक भाडादर लागु गरि छुटको विषयमा सहमति गराउन विद्यार्थीहरुले माग गरेका छन् । पटक–पटक जिल्ला प्रशासन कार्यालय, यातायात व्यवसायी र विद्यार्थी विच भएको सहमतिहरुको कार्यान्वयन गर्न सम्बन्धित निकायले चासो नदेखाएको प्रति विद्यार्थीहरुले खेद प्रकट गरेका छन् ।
‘यसरी पटक–पटक भएका सहमतिहरुको खिल्ली उढाउदै राज्यले प्रदान गरेको सुविधामा धज्जी उडाउने प्रवित्तिको खेद प्रकट गर्दै घोर निन्दा गर्न चाहन्छौ,’ ज्ञापनपत्रमा भनिएको छ–‘आजको मितीले ४८ घण्टा भित्र पूर्ण रुपले सिन्धुलीको रुट भएर चल्ने सम्पुर्ण सार्वजनिक यातायातमा वैज्ञानिक भाडादर लागु गरी सहमति गराएर कार्यान्वयन नगरे चरणबद्ध रुपमा आन्दोलित हुन बाध्य हुनेछौ ।’

Related

स्थानिय 8974278799546937686

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्...

पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ ।&...

सिन्धुलीलाई २ नम्बर प्रदेशमा नराख्न सभाषद्हरुको चेतावनी

काठमाडौं, २ भदौ ।  सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् ।  काठमाण्डौंको मिनभव...

यो साता चर्चित



item