डिजेल र मट्टीतेलको मुल्य दुई-दुई रुपैयाँले बढ्यो, पेट्रोलको घट्यो

काठमाण्डौ,पुस ७ ।
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मुल्य दुई-दुई रुपैयाँले बढाएको छ । आजैदेखि लागु हुने गरी निगमले पेट्रोलको मुल्य भने दुई रुपैयाँले घटाएको छ । अन्तराष्ट्रिय  मूल्य अनुसार  पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न भाउ घटबढ गराएको निगमले जनाएको छ । 

नयाँ मुल्य अनुसार अब पेट्रोलको प्रति लिटर १ सय २३ रुपैयाँ निर्धारण भएको छ ।  डिजल र मट्टीतेललाई भने  ९९ रुपैयाँ  तिनुपर्ने भएको छ ।  निगमको हिजो साँझ बसेको बैठकले  मुल्य समायोजन गरेको हो  । अहिलेको मुल्य अनुसार निगमलाई पेट्रोलमा थोरै नाफा भएपनि डिजलमा भने घाटा छ । 

Related

राष्ट्रिय 411360153317707720

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item