देशकै ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगमा तालाबन्दी


सुजाता ढुंगाना, 
उदयपुर,पुस ७ ।
देशकै ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा कार्यरतमजदुर तथा कर्मचारीहरुले उद्योगमा तालाबन्दी गरेका छन् । उद्योग व्यवस्थापन समक्ष समान कामको समान ज्याला र उद्योगमा फष्टाउदै गएको व्याप्त भ्रष्टचार, अनियमितता बन्द गर्नु पर्ने माँग राख्दै मजदुर र  कर्मचारीहरु दुई हप्तादेखि आन्दोलित हुदै आएका छन् । सोही क्रममा दोस्रो चरणको आन्दोलन अन्तर्गत तालाबन्दी गरेको मजदुर नेता त्रिविक्रम ज्ञवालीले बताउनुभयो । 
उद्योगमा तालाबन्दी गरिए पनि उत्पादन भने नरोकिएको व्यवस्थापन पक्षले जनाएको छ । मजदुरहरुको मागलाई वेवास्ता गरे सशक्त रुपमा तेस्रा चरणको आन्दोलनका कार्यक्रम ल्याईने आन्दोलनरत पक्षधरको बताएका छन् । आन्दोलन सुरु भएपछि उद्योगका महाप्रवन्धक अनिलकुमार झा भने कार्यलयमा हाजिर नभई उद्योग छोडेर राजधानी काठमाण्डौ भागेको मजदुर दवेन्द्र झाले बताएउनुभयो । करिब २२ वर्ष अघी सरकारको करिब आठ अर्बको आर्थिक सहयोगमा निर्माण भएको उद्योग भ्रटाचारकै कारण धारासायी बन्दै गएको छ । उद्योगमा ६ सय ४० भन्दा बढी मजदुर कर्मचारी कार्यरत रहेका छन् ।

Related

विविध 3354812502199197772

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item