डोटीमा वस दुर्घटना ३० को मृत्यु


कैलाली, पुस २८ ।
 अछाम जिल्लाको जयगढबाट कैलालीको टीकापुर आउँदै गरेको यात्रु बाहक बस डोटीमा दुर्घटना हुँदा तीस जना यात्रुको मृत्यु भएको छ । डोडीको छतिवन–९, रुवसकाँडा भन्ने ठाउँमा बस दुर्घटना हुँदा ३० जनाको घटनास्थलमै मृत्यु भएको हो । १२ जना यात्रु घाइते भएका छन् । घाईतेको अवस्था पनि गम्भीर छ ।
मृत्यु हुनेमा २२ पुरुष, ७ महिला र १ बालक रहेका छन् । भीमदत्त राजमार्ग अन्तर्गत पर्ने उक्त ठाउँमा ना ४ ख ३६०३ नम्बरको बस शनिबार बिहान करिव साढे दुई बजे दुर्घनामा परेको डोटी प्रहरीले जनाएको छ । दुर्घटनाको खबर पाउने बित्तिकै प्रहरी उद्धार कार्य खटिएको डोटीस्थित बुँडर ट्राफिक प्रहरी पोष्टका प्रहरी हवल्दार डबल बिष्टले बताउनुभयो ।
‘वस सडकबाट करिब एक किलोमिटर तल खोलामा खसेको छ, अध्याँरो र अप्ठ्यारो भीरको बाटो भएकाले उद्धार कार्यमा ढिलाइ भएको हो,’ हवलदार बिष्टले भन्नुभयो । वसमा ५० जनासम्म यात्रु रहेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा रहेका हवलदार विष्टले सडकमा शीत भएका कारण बस चिप्लेर दुर्घटना भएको हुनसक्ने बताउनुभयो । ‘३० जनाको शव प्राप्त भइसकेको र अन्यको खोजी कार्य भइरहेकाले मृतक संख्या बढ्न सक्छ,’ घटनास्थलमा रहेका हवल्दार विष्टले जानकारी दिनुभयो ।
दुर्घटनामा परेको वस अछामबाट शुक्रबार दिउँसो तीन बजे ३४ जना यात्रुको चलानी लिएर हिडेको थियो । बिच बाटोमा पनि थप यात्रुहरु चढेको खबर आएको अछामस्थित सुदूरपश्चिम यातायात र कर्णाली यातायात संयुक्त वस टिकट काउन्टरका बसन्त स्वाँरले बताउनुभयो । वसका चालक कैलाली घर भएका ३६ वर्षीय मक्कुराम चौधरी रहेका छन् ।

Related

राष्ट्रिय 3085489947782386963

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item