‘एमाओवादी वैशाखमा निर्वाचन चाहँदैन’


चीना थापा,
सिन्धुली, पुस २७ ।
कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले प्रधानमन्त्री बाबुराम भट्टराईको जिद्दी र बालहठका कारण मुलुकले निकास पाउन नसकेको आरोप लगाउनुभयो ।
नेपाल शिक्षक संघ सिन्धुलीको ७ औँ जिल्ला अधिवेशनको आज सिन्धुलीमाडीमा उद्घाटन गर्दै उहाँले अहिले राष्ट्रवादी र सर्वसत्तावादीहरुका वीच लडाइ चलिरहेको बताउनुभयो । उहाँले भन्नुभयो , ‘वर्तमान समस्या समाधानका लागि राष्ट्रपतिले कडा कदम चाल्नु पर्छ ।’ मुलुकको वर्तमान संकट चाँडै समाधान नभए लोकतन्त्र खतरामा पर्ने उहाँको भनाई थियो ।
नेता महतले राजाका कारण मात्रै नभएर एकीकृत माओवादीका कारण समेत लोकतन्त्र खतरामा परेको जिकीर गर्नुभयो । लोकतन्त्रलाई वचाउन सवै एकजुट भएर लाग्नुपर्ने बताएका उहाँले भन्नुभयो , ‘वर्तमान सरकार संविधान सभाको नयाँ निर्वाचन गर्न सक्षम छैन ।’ उहाँले एमाओवादीले वैशाखमा निवार्चन गर्न नचाहेकाले बखेडा गरेको बताउनुभयो ।

Related

स्थानिय 4023650159041705701

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item