हत्यारालाई कारवाहि होस्

http://sindhulidarpan.blogspot.com/2013/01/journalist_11.html
उमा पौडेल,
सिन्धुली,पुस २७ ।
दैलेखका पत्रकार स्वर्गीय डेकेन्द्रराज थापाको हत्यारालाई कारवाही र दण्डहिनताको अन्त्यका लागि दवाब दिन आज सिन्धुलीमा ¥याली निकालीएको छ । नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखा, प्रेस चौतारी सिन्धुली, प्रेस युनियन सिन्धुली, गैरसरकारी संस्था महासंघ सिन्धुली लगायत जिल्लाका पत्रकार तथा मानबअधिकारकर्मीहरुले आज ¥याली मार्फत विरोध जनाएका हुन् । सिन्धूलीको २ नं बजारमा सुरु भएको र्यालीलाई जिल्ला प्रसासन कार्यालय सिन्धुलीमा कोणसभामा परिणत गर्दे नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष श्यामहरि अधिकारीले पत्रकार थापाका हत्याका आरोपीहरुमाथी भइरहेको कारवाही प्रकृया रोक्न प्रधानमन्त्री बाबुराम भट्टराईले दिएको आदेश र अभिव्यक्ति प्रती आपत्ती जनाउनुभयो ।
![]() |
तस्विर:रमेश जोशी/फेसवुक |
उहाँले पत्रकार थापाको हत्याका आरोपीहरुको पक्षमा आएको प्रधानमन्त्रीको अभिब्यक्तिले मुलुकमा दण्डाहीनतालाई प्रोत्साहान मिलेको र कानुनी राज्यको उपहास भएको आरोप लगाउनु भयो । जिल्लाका पत्रकार तथा मानबअधिकारकर्मीहरुले पत्रकार थापाका हत्यारालाई बचाउन प्रधानमन्त्रीले दिएको ठाडो निर्देशन र उहाको अभिब्यक्ती गैरजिम्मेवार भएको बताएका थियो । पत्रकार तथ मानबअधिकारकर्मिहरुको संयुक्त टोलीले आज प्रमुख जिल्ला अधिकारी केशबराज अचार्यमार्फत प्रधानमन्त्रि डाक्टर बाबुराम भटराइलाई ज्ञापनपत्र र डोरी पठाएका छन् । पत्रकार डेकेन्द्रराज थापाको हत्यारालाइ कारबाहिको माग गर्दे सर्लाहि, काभ्रे लगायत देशका बिभिन्न ठाँउमा समेत पत्रकार तथा मानबअधिकारकर्मिहरुले बिभिन्न कार्यक्रम गरेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !