तत्काल सहमति हुन नसक्ने नेताहरुको प्रतिक्रिया

http://sindhulidarpan.blogspot.com/2013/01/news_11.html
काठमाण्डौ,पुस २७ ।
राष्ट्रपति डाक्टर रामवरण यादवले आज सर्वदलीय छलफल गर्नुभएको छ । विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई शितलनिवासमा बोलाएर राष्ट्रपति यादवले सहमति जुटाउनका लागि छलफल गर्नुभएको हो । तर आजको छलफलबाट कुनै पनि निकास निस्कन भने सकेन । बैठक सुरु भएलगत्तै आफ्नो विचार राखेर बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले विभिन्न विकल्प पनि प्रस्तुत गर्नुभएकाले अन्तिममा केही न केही ठोस सुझाव दिनुहुने बताउनुभयो ।
तर छलफलबाट निस्किएका विपक्षी दलहरुले तत्काल सहमतिको कुनै पनि सम्भावना नभएको बताएका छन् । सँगै निस्कनुभएका नेकपा एमाले अध्यक्ष झलनाथ खनाल र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आजको बैठकबाट सहमतिको कुनै पनि आधार तयार नभएको बताउनुभयो । नेपाली काङ्गे्रसका उपसभापति रामचन्द्र पौडेलले विशेष गरी काङ्गे्रसलाई निषेध गर्ने रणनीतिमा एकीकृत माओवादी रहेको दाबी गर्दै यस्तै अवस्थामा सहमति नहुने बताउनुभयो ।
नेकपा माओवादीका सचिव देव गुरुङले प्रधानमन्त्रीले राजीनामा दिएपछि बहुमतीय आधारमा पनि नयाँ सरकार गठन गर्न सक्ने बताउनुभयो । यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज राष्ट्रपतिले सरकार गठनमा मात्र केन्द्रित नभएर संधिवान निकायको पदपूर्ति, नया निर्वाचनका लागि आधारभूत विकल्पबारे छलफल सुरु गरेकोले एक साता जति निरन्तर रूपमा शीतलनिवासमा सर्वदलीय बैठक हुन सके मात्र सहमति हुने प्रतिक्रिया दिनुभयो । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने राष्ट्रपति र दलहरुबीच भएको सहमति कार्यान्वयन गर्न आपूm प्रतिबद्ध रहेको भनाइ दोहो¥याउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !