अफगानिस्तानको सुरक्षा जिम्मेवारी सेनालाई



काठमाडौं, २८ पुस ।
अमेरिकाका राष्ट्रपति बाराक ओबामाले आगामी अप्रिल महिनासम्म अमेरीकी सेनाले अफगानिस्तानको सम्पुर्ण सुरक्षा जिम्मेवारी अफगानिस्तानलाई नै सुम्पिने बताएका छन् ।अमेरीका भ्रमणमा रहेका अफगान राष्ट्रपति हामिद कारजाई संग कुरा गर्दै ओबामाले आगामी दुई महिना अमेरीकी सेनाले अफगान सेनालाई बिभिन्न तालिम र सल्लाह सुझाव दिने त्यस पछि अप्रिल महिनामा सम्पुर्ण सुरक्षा जिम्मेवारी अफगान सेनालाई नै दिने बताएका हुन् ।अमेरीकी सेना फिर्ता पठाउने बिषयमा छलफल गर्न अमेरीका पुगेका कारजाईलाई राष्ट्रपति ओबामाले अमेरीकी सेना फिर्ता नहुने तर सम्पुर्ण सुरक्षा जिम्मेवारी अफगान सेनालाई नै सुम्पिने बताएका छन् । 
ओबामाले यो अफगानिस्तानका लागि ऐतिहासिक हुने र देशको सम्प्रभुताका लागि महत्वपुर्ण हुने समेत बताएका छन् ।ओबामाले सुरक्षा जिम्मेवारी अफगानिस्तानलाई सुम्पिएपछि अमेरीकी सेना सन् २०१४ मा स्वदेश फर्किन सक्ने संकेत गरेका छन् ।ओबामा र कारजाई बिच तालिबान लडाकुका बिषयमा पनि छलफल भएको बिबिसीले जनाएको छ ।

Related

विश्व 3658433146978860181

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item