थारु समुदाय द्धारा माघी महोत्सव हुने




काठमाडौँ, २८ पौष
थारु संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आगामी माघ १ गते  राजधानीको टँुडिखेलमा थारु माघी महोत्वस हुने भएको छ ।थारु समुदायको प्रमुख सांस्कृतिक चाड तथा मेलमिलापको पर्वका रुपमा माघीलाई लिइन्छ। 
यस वर्षको थारु महोत्सवको नारा “थारु माघी महोत्सव भव्यरूपमा मनाआँै, थारु संस्कृतिको जगेर्ना गरौँ, आन्तरिक तथा बाह्य पर्यटनकलाई थारु विशिष्ट संस्कृतिबारेमा परिचय गराऔँ” भन्ने तय भएको छ ।
थारु जातिको नयाँ वर्ष पर्वको उपलक्ष्यमा विभिन्न थारु संस्थाले संयुक्तरूपमा महोत्सव गर्न लागेको महोत्सव प्रचारप्रसार समितिका संयोजक लक्की चौधरीले जानकारी दिनुभयो ।   महोत्सवमा थारु वेशभूषासहितको झाँकी ¥याली, विविध सांस्कृतिक झलक प्रदर्शनीका साथै खानाका परिकार, हस्तकला तथा पुस्तकका कक्ष रहने छन् । 
विशेषगरी माघीमा थारु समुदायले ढिक्री, मुरही, खिचडी, तिलको लड्डु, खँरिया, अन्डाभात, तरुल, माछा, गँगटा खाने गर्छन् ।विसं २०६८ को जनगणनाअनुसार थारुको जनसङ्ख्या १७ लाख ३७ हजार ४ सय ७० रहेको छ ।थारु समुदायले २०५९ सालदेखि  काठमाडौँमा माघी महोत्सव मनाउँदै आएका छन् । सोही सालदेखि सरकारले माघे सङ्क्रान्तिका दिन  सार्वजनिक बिदा दिँदै आएको छ ।

Related

राष्ट्रिय 2320346426920608378

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item