अध्यक्ष वैद्यले जवाफ दिदै

http://sindhulidarpan.blogspot.com/2013/01/baidha.html
काठमाण्डौ,पुस २९ ।
नेकपा–माओवादीको महाधिवेसनको बन्द्यसत्रमा आज अध्यक्ष मोहन वैद्यले समुहगत छलफलमा उठेको प्रश्नहरुको जवाफ दिनुहुने भएको छ । अध्यक्ष वैद्यको प्रतिवेदन माथि समुहगत छलफलमा उठेको प्रश्नको टोली नेताले प्रस्तुती गरेपछि आज उहाँले जवाफ दिन लाग्नु भएको हो । समूहगत छलफलका लागि बनाइएको २१ वटा समूहले हिजो आफ्ना धारणा पेस गर्ने क्रम सकेको प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो । समुहको धारणा राख्ने क्रममा कार्यकर्ताले जनयुद्ध बारेको धारणा प्रष्ट पार्न नेतृत्वमाथि दवाव दिएका छन् ।
र प्रतिनिधिले जनयुद्ध, कहिले र कसरी गर्ने त्यसबारेमा प्रष्ट धारणा नल्याएकाले त्यसमा प्रष्टधारणा ल्याउन उनीहरुले माग गरेका हुन् । २१ समुहले उठाउका प्रश्नको पार्टि अध्यक्ष मोन वैद्यले भोलि जवाफ दिने कार्यक्रम रहेको छ । प्रवक्ता भूषाले आज प्रतिवेदन र समग्र राष्ट्रिय राजनीतिका बारेमा थप छलफल भएपछि पार्टीले भावी रणनीति तय गर्ने जानकारी दिनुभयो । बन्दसत्र अहिले केहीबेरबाट सुरु हुनेछ । आजै महाधिवेसन सकिने कार्यतालिका भएपछि एकदिन लम्बिन सक्ने माओवादीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !