एक हप्ताका लागि व्यापारीहरुको अनिश्चिकालिन आन्दोलन स्थगित

http://sindhulidarpan.blogspot.com/2013/01/business.html
प्रकाश सुन्दास,
काभ्रे,पुस २९ ।
चीनसँगको उत्तरी ब्यापारीक नाका तातोपानीबाट अनिश्चिकालिन आयात निर्यात व्यापार ठप्प पारेका व्यापारीहरुले एक हप्ताका लागि आन्दोलन स्थगित गरेका छन् । नेपाल सरकारका मुख्य सचिव लीलामणी पौड्यालसँगको भेटमा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाका सुरक्षा अधिकारीसहित तातोपानी क्षेत्रको समस्या समाधानका लागि आउने शनिबार काभ्रेको धुलिखेलमा ब्यापक अन्तक्रिया गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको नेपाल ट्रक कन्टेनर ब्यवसाय संघका वरिष्ठ उपाध्यक्ष निमफुन्जो शेर्पाले जानकारी दिनुभयो । व्यापारीहरुको आन्दोलनका कारण भन्सार जाँच पास भइ तातोपानी क्षेत्रमा रोकिएका मालबाहक कन्टेनर भ्यानहरु हिजोदेखिनै छुटेको भन्सार कार्यालयले जनाएको छ ।

व्यापारीहरुले चिनियाँ सामानको भन्सार मूल्य निर्धारण र सीमा वारी पनि चिनियाँ मुद्रा युआन बोक्न पाउनु पर्ने प्रमूख माग राख्दै आएका छन् । आन्दोलनका कारण तातोपानी भन्सार कार्यालयले करोडौँ राजस्व गुमाएको छ । प्रहरीले फुल्पीङकट्टी गाविसका दावाल्हामु कार्कीले खासा लैजादैँ गर्दा ५० हजार युआन तातोपानी भन्सारको पैठारी गेठबाट बरामद गरेपछि व्यापारीहरु आन्दोलनमा उत्रिएका हुन् । युआन सहित पक्राउ परेका कार्की भने राजस्व अनुसन्धान विभागले मागेको धरौटी बुझाउन नसक्दा कारागारमा छन् । व्यापारीहरुको आन्दोलनमा नेपाल–चीन हिमालय सीमापार व्यापार संघ, नेपाल–चीन उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर ब्यवसाय संघ लगायत व्यवसायीहरुका संघ संस्थाहरुले ऐक्यबद्धता जनाएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !