मेरो गणतान्त्रिक फोरम रहेन



म २०६८, फागुणको ९ गते जेल परें । तेस्रो दिन राजकिशोर यादव गणतान्त्रिक फोरमको कार्यवाहक अध्यक्ष बनाइए । त्यसअघि यही डिल्लीबजार जेलमा भेटका लागि पार्टीका १७ जना  केन्द्रीय सदस्यहरू जम्मा भएका थिए । अधिकांश राजकिशोरका खिलाफमा थिए । सह–अध्यक्षलाई कार्यवाहक अध्यक्ष नबनाउूदा राम्रो सन्देश जाँदैन, मेरो आग्रह थियो । बडो अनुनयविनयपछि साथीहरूले उनलाई स्वीकारेका थिए । फेरी प्रश्न उठ्यो, म जेल परेर रिक्त भएको सञ्चारमन्त्री को हुने ? राजकिशोरले सबैका सामुन्ने आफ्नो मुखैले भने, ‘भरतले गद्दीमा रामको खडाउू राखेर १४ वर्ष शासनमा सहयोग गरे झंै म पनि जेपीभाइजीको नासो यस पार्टीलाई सम्हाल्ने छु ।’ म मधेशकायी भरत भाईलाई सम्झेर मनमनै हाूसेको थिए । उनी सञ्चारमन्त्री पनि भए । फागुण १६–३० को हिमालखबर पत्रिकामा उनको फोटोसहित अन्तरवार्ता छापियो । पत्रकारको प्रश्नथियो, ‘अकस्मात्को घटनाक्रमबाट कार्यवाहक अध्यक्ष बन्नु भयो । अध्यक्ष त जेपी गुप्ता नै हो भनेर बुझ्न मिल्छ ?’ उनको जवाफ थियो, ‘कार्यवाहक अध्यक्षको रूपमामात्र मेरो काूघमा जिम्मेवारी आएको छ । यस हिसाबले १० महिनाका लागि म पार्टी अध्यक्ष नै हुू भन्दा फरक नपर्ला ।’

यहाू जेलमा मेरो १० महिना बित्यो । केही पहिले पार्टीको अधिवेशन गराएर उनी स्वयम् अध्यक्ष भए । नयाू कार्य समिति बनाए । पार्टीको झण्डा समेत फेरे । केही संस्थापक साथीहरूलाई पार्टीबाट निकाले । केन्द्रीय समितिका बहुमत १२ जना सदस्यले उनको स्वेच्छाचारी कदमको विरूद्ध निर्वाचन आयोगमा निवेदन दिए । पाूच महिनासम्म निर्वाचन आयोगले सनाखत गराई दिएन । निवेदकमध्येका चार जनालाई उनले लोभमा पारी रिझाए । 
यही पुसको २० गतेदेखि अवकाशको व्रmममा काम गर्न नपाउने निर्वाचन आयुक्त अयोधी यादवले गएको पुसको ११ गते राजकिशोर यादवलाई गणतान्त्रिक फोरमको आधिकारिकता दिए । माओवादीको कोटाबाट आयुक्त भएका अयोधीले प्रधानमन्त्री बाबुरामको आग्रहलाई सहर्ष माने । सत्ताको प्रवल शक्तिले गर्दा मैले स्थापना गरेको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) अपहरित भयो । अब म यस कानूनी झेलमा पर्न चाहन्न् । मेरो गणतान्त्रिक फोरम रहेन । मेरो अगाडी खुला आकाश छ । नयाू मार्गचित्र छ । मुलुकको एकता र अखण्डताको बलियो घेरामा, देशका समस्याहरूको समाधानको सिलसिलामा मधेशका समस्याहरूको पनि समाधान हुने विश्वासका साथ शान्तिपूर्ण तरिकाबाट सत्ताबाहिर रही राजनीति गर्नेछु । एउटा व्यक्तिको रूपमा एकतावद्ध र बलियो नेपाल निर्माणका लागि, विभेद तथा राज्यप्रदत्त उत्पीडन हटाउन आवश्यक योगदान दिन मेरो विरूद्ध सर्वोच्च अदालतले दिएको फैसलाले अवरोध गर्न सक्दैन । म सँग जोडिएका साथीहरूलाई केहीकाल पर्खन आग्रह गर्दछु । धन्यवाद । – जयप्रकाश गुप्ता, डिल्लीबजार जेल
- सत्याग्रह साप्ताहिक 

Related

प्रमूखखबरहरु 6334260938072842006

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item