तीन दुर्घटना, दुईको मृत्यु


बाके,माघ २ ।
तिब्र गतिका कारण मोटरसाईकल दुर्घटना हुँदा दाङका एकजनाको मृत्यु भएको छ । गएराती भएको दुर्घटनामा घोराही नगरपालिका ४ का २९ वर्षिय रामु योगीको घटनास्थल मै मृत्यु भएको छ भने मोटरसाईकल चालक दाङ लक्ष्मीपुर ४ का २८ बर्षिय नबिन देवकोटा गम्भिर घाईते हुनुभएको छ  । घाईते देवकोटाको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचार हन नसकि कोहलपुर मेडिकल
कोहलपुरमा रिफर गरीएको छ । साथै आज बिहान साढे १० बको समयमा प्युठान खलंगा ३ कसेरीमा प्युठानबाट बिजुरातर्फ आईरहेको ना १ ख ७६८७ नम्बरको बसको माथी छतबाट खसेर प्युठान खलंगा ६ का १७ वर्षिय अर्जुन श्रेष्ठको बिजुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । सोही विषयलाई लियर पिडीत पक्षले क्षतीपुर्तिको माग गर्दै प्युठानको जुम्री बजार बन्द गरेका छन् । बन्दका कारण त्यहाको जनजिबन प्रभाबीत भएको र बस चालक फरार  रहेको ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । यसैबीच आज बिहान २ बजेतिर बाँके खासकुश्मा ४ सिक्टा नजिक सुर्खेतबाट पोखरातर्फ खसी लोड गरी जाँदै गरेको ना ४ ख ७८१८ नम्बरको ट्रक विपरित दिशाबाट आईरहेको कारलाई बचाउन खोज्दा ट्रक सडकको किनारमा पल्टिदा दुर्घटना हुँदा ट्रकमा राखिएका १८ वटा खसी मरेका छन् ।

Related

विविध 1505788415504301876

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item