दर्ता विनानै सिन्धुलीमा रक्सी पसल सञ्चालनमा


सिन्धुली,माघ २ ।
सिन्धुली जिल्लाका ग्रामिण भेगमा सन्चालित अधिकांश मदिरा पसल दर्ता विना नै सञ्चालनमा आएको पाइएको छ । जिल्लाका विभिन्न स्थानमा रहेको होटलमा मात्र नभई किराना पसलमा समेत मदिरा विक्रि गरीएको खुलासा भएको हो । जिल्लाको सदरमुकाम सिन्धुलीमाढी मै पनि खुल्ला रुपमा मदिरा वेचविखन हुँदा समेत सम्बन्धित निकाय मौन बसेको अधिकांसले आरोप लगाएका छन् । उद्योग वाणिज्य संघ तथा आन्तरीक राजश्व कार्यालयमा दर्ता गरि प्यान नम्बर लिएर मदिरा सञ्चालन गर्ने कानुनी दायरा भए पनि अहिले सिन्धुलीका अधिकांश ग्रामिण भेगमा विना दर्ता मदिरा पसलहरु सञ्चालनमा आएको होटल व्यवसायिहरुले बताएका छन् । व्यापारीहरुले विना दर्ता मदिरा बेचेर एकतर्फी राजश्व छलि गरिरहेका छन्
भने अर्का तर्फ केहि व्यापारीहरुले धेरै मदिरा वेच्ने भए पनि थोरै कारोवार देखाई राजश्व ठग्ने गरेका व्यापारीहरुले नै आरोप लगाएका छन् । कर छलि तथा विना दर्ता नै मदिरा सन्चालन गर्ने व्यापारिहरुलाइ कारवाही गरेरै छाड्ने उपभोक्ता मन्च र उद्योग वाणिज्य संघले प्रतिवद्धता जनाएपनि त्यो प्रभावकारी भने हुन सकेको छैन ।
त्यस्तै जिल्लाकै रानीचुरी ७ मोरङ्गेटारका महिलाहरुले  भने को  रानीचुरी ७ लाई मदिरा निषेधित क्षेत्र घोषणा गरेका छन् । आज भन्दा १० महिना अघि स्थानीय दुर्गा बरालको नेतृत्वमा महिलाहरुले पुरुषहरुलाई राखेर छलफलफ गरी आगामी दिनमा जाँड रक्सी खाएर होहल्लाह गर्न नपाउँने निर्णय गरे पछि अहिले त्यस क्षेत्रका पुरुषहरुले पूर्ण रुपमा जाँड रक्सी खान छाडेका हुन् । पहिला पहिला आफ्ना श्रीमान्ले  जाँड रक्सी खाएर सधैंआफुहरुलाई दुःख  दिने गरेको भए पनि आज भोली त्यो समस्या नभएको त्यहाँका महिलाहरु बताउँछन् । 
स्थानीय महिलाहरुकै सक्रियतामा जाँड रक्सी विक्रिवितरण गर्दै आएका पसलहरु पनि बन्द गराएका थिए । जाँड रक्सी खाने पुरुषहरु पनि अहिले गाउँमै व्यवसायिक रुपमा तरकारी खेति गर्न तर्फ आर्कषिक भएको स्थानीय सीता बरालले जानकारी दिनुभयो । अहिले त्यहाँका महिला पुरुष मिलेर जुन सुकै पारिवारीक वा
सामाजिक कार्यमा  हातेमालो गर्दै काम गर्ने गर्छन् जुन अन्य ठाउँका व्यक्तिहरुलाई सिकाई विषय बन्न सक्छ ।

Related

स्थानिय 3941402869037307534

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item