पत्रकार हत्याका अभियुक्तलाई कार्वाहीको माग गर्दै आन्दोलन जारी


काठमाडौं, माघ  २ ।
पत्रकार हत्यारालाइ कार्बाहीको माग गर्दै देशभरका पत्रकारहरुले आज पनि हातमा कालोपट्टी बाँधेर काम गरीरहेका छन् । पत्रकार महासंघको आग्रहमा देशभरका पत्रकारहरुले आज पनि हातमा कालोपटटी बाँधेर काम गरीरहेका हुन । पत्रकार डेकेन्द्र थापाको हत्यारालाइ पक्राउ गरी कानुनी दायरामा ल्याएपनि प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइ र महान्यायधिबक्ता मुक्ति प्रधानले बयान रोक्न निर्देशन दिएको भन्दै पत्रकारहरुले दिनहु जसो प्रर्दशन गर्दे आएका छन ।
यसैविच नेपाल पत्रकार महासंघले पत्रकार थापाको हत्यामा सम्लग्नहरुमाथि भइरहेको पछिल्लो कार्बाही लगायतका बिषय समेटिएको प्रतिबेदन आज सार्बजनिक गर्देछ । पत्रकार महासंघको मिसन टोलीले दैलेख पुगेर तयार पारेको स्थलगत प्रतिबेदन आज अपराह्न्न सार्बजनिक गर्ने अध्यक्ष शिब गाँउलेले जानकारी दिनुभयो । यस्तै, क्रान्तिकारी पत्रकार संघ नेपालले राज्यद्वारा मारिएका पत्रकारका हत्यारामाथि कारबाहीको माग गर्दै आज देशैभर प्रदर्शन गर्दैछ । कृष्ण सेनसहितका पत्रकार हत्यारामाथि कारवाही र बेपत्ता परिवारको अवस्था सार्वजनिक गर्न माग गर्दै संघले प्रदर्शन गर्न लागेको हो । काठमाडौको भृकुटीमण्डपमा दिउँसो १ बजेपछि हुने प्रदर्शनमा सञ्चार सम्बद्ध विभिन्न संस्थाका प्रतिनिधि, पत्रकारहरुको सहभागिता रहने संघले जनाएको छ ।

Related

राष्ट्रिय 3906104879838967882

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item