आजदेखि अभियान सुरु

http://sindhulidarpan.blogspot.com/2013/01/police-programe.html
काठमाडौं ,माघ २ ।
सार्वजनिक यातायातका साधनमा हुने महिला हिंसा रोक्न महानगरीय प्रहरी परिसर भक्तपुरले आजदेखि अभियान सुरु गरेको छ । परिसरले महिला हिंसा रोक्न भक्तपुर हँुदै काठमाडाँै, ललिलपुर र काभ्रेतर्फ जाने सार्वजनिक यातायातका साधनमा सादा पोसाकका प्रहरी परिचालन गरी यस्तो अभियान सुरु गरेको हो । सार्वजनिक सवारी साधनमा महिलाले विभिन्न खालका हिंसा भोग्नु परेको व्यापक गुनासो आएपछि यातायातका साधनमा दुई दुई जना प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक पुष्कर केसीले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !