लुम्बिनी म्याराथनको उपाधि नेपाल आर्मीका खत्रीलाई

http://sindhulidarpan.blogspot.com/2013/01/nepal-army.html
लुम्बिनी , माघ २ ।
लुम्बीनी म्याराथनको उपाधि नेपाल आर्मीका लेटरसिंह खत्रीले जितेका छन् । निर्धारित २१ किलोमिटरको दुरी १ घण्टा ७ मिनेट ५४ सेकेण्डमा पुरा गर्दै खत्रीले उपाधि हात पारेका हुन् । म्याराथनमा सहभागि ९९ जना प्रतिस्पर्धीलाई पछि पारेका उनले ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा नेपाल आर्मीका कृष्ण बस्नेत दोस्रो र नेपाल आर्मीकै कल्याण बाँनिया तेस्रो भएका छन् ।
त्यसैगरी महिला तर्फको १० किलोमिटर दुरीको दौडमा जुम्लाकी विश्वरुपा बुढा पहिलो भएकि छन् । उनले निर्धारित दुरी ३६ मिनेट २२ सेकेण्डमा पुरा गरी २५ हजार नगद हात पारेकी छन् । यसैगरी सशस्त्र प्रहरीको एपिएफकी कान्छिमायाँ कोजु दोस्रो र एपिएफकै वृन्दा श्रेष्ठ तेस्रो भएका छन् । लुम्बिनीको पर्यटनमा नयाँ आयाम थप्ने उद्धेश्यले आयोजना गरिएको म्याराथन आज विहान कपिलवस्तुको कुदानबाट सुरु भएको थियो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !