फेसवुकमा फोटो हैन प्रोफाइल मन पराउँछन् केटीहरू

http://sindhulidarpan.blogspot.com/2013/01/lady-watching-facebook.html
- सामाजिक सञ्जाल फेसबुकमा आकर्षक फोटो राख्नाले बढीभन्दा बढी युवतीहरू आपूmसँग मित्रता गाँस्न इच्छुक हुन्छन् भनी सोच्नुहुन्छ भने तपाई सही ठाउँमा हुनुहुन्न । हालैको अध्ययनअनुसार युवती/महिला फेसबुकमा आकर्षक युवक/पुरुषको पहिचान प्रोफाइल पढेर गर्छन् । यसका लागि उनीहरूलाई ती विपरीत लिङ्गीको तस्बिरको खासै मतलब हुदैन ।
अध्ययनअनुसार, युवतीका लागि युवकहरूको आकर्षणको सम्बन्ध प्रोफाइलसँग हुने भएकाले आ नो व्यक्तित्वलाई प्रोफाइलमा धेरै सुन्दरता तथा आत्मविश्वासपूर्वक प्रस्तुत गर्न सक्ने खुबी भएका युवकहरू युवतीका नजरमा चाँडै पर्छन् । यो अध्ययनअन्तर्गत बेलायतस्थित बिलानोवा विश्वविद्यालयका ५० छात्रालाई २० वर्षदेखि २५ वर्षसम्मका एक सय युवकको तस्बिर र प्रोफाइल विश्लेषण गर्न भनिएको थियो । अध्ययनमा के थाहा पाइयो भने छात्राहरूले युवकहरूको प्रोफाइल पढेर को कति आकर्षक छ भन्ने पत्ता लगाएका थिए । सामाजिक सञ्जालमा झुन्डीरहेने मित्रहरूले यो कुराबाट केही त सिक्नै पर्ने भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !