क्रान्तिकारी पत्रकार संघ सिन्धुलीको पत्र प्रधानमन्त्रीलाई


सिन्धुली,माघ २ ।
 क्रान्तिकारी पत्रकार संघ सिन्धुलीले प्रमुख जिल्ला अधिकारी मार्फत आज  प्रधानमन्त्रिलाई ज्ञापन पत्र वुझाएको छ । द्वन्दकालमा भएको घटनाको सत्य तथ्य पत्ता लगाई दोषिलाई कारवाही गर्न सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राखेको सन्दर्भमा त्यसलाई तत्काल पारित गरी उक्त आयोग गठनका लागि एवम् द्वन्द्वकालमा मारिएका कृष्ण सेनलगायत दुई दर्जनभन्दा बढी पत्रकारहरु तथा बेपत्ता पत्रकारहरु चित्रनारायण श्रेष्ठ, मिलन नेपाली, राजेन्द्र ढकाल  लगायतको स्थिति सार्वजनिक गर्न यो ज्ञापनपत्र बुझाएका हुन् ।
संघको अध्यक्ष नवि श्रेष्ठद्वारा हस्तारित ज्ञापनपत्रमा बृहत् शान्ति सम्झौता तथा अन्तरिम संविधानमा प्रष्ट रुपमा द्धन्द्धकालका घटनाहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् सुल्झाउने व्यवस्था भएको हुदा हुदै अहिले केही शक्तिहरु तथा व्यक्तिहरुले विभिन्न उद्देश्यले द्धन्द्धकालका घटनाहरुलाई जबरजस्ती र आवश्यकता भन्दा बढी उछालेर राजनीतिक अभिष्ट पूरा गर्न खोजेका प्रति आत्ति जनाएका छन् ।
प्रजिअलाई ज्ञापन पत्र वुझाउदै सघंका अध्यक्ष नविन श्रेष्ठ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी अध्यादेश तत्काल जारी गरियोस्, वरिष्ठ पत्रकार कृष्णसेनलगायत राज्यद्धारा हत्या गरिएका पत्रकारहरुका हत्यारामाथि कडा कारवाही गरी पीडितका परिवारलाई उचित राहत र सहिदहरुप्रति राष्ट्रिय सम्मान व्यक्त गरियोस्, हालसम्म वेपत्ता पारिनुभएका पत्रकार चित्रनारायण श्रेष्ठ, मिलन नेपाली, राजेन्द्र ढकाललगायतको स्थिति तुरुन्त सार्वजनिक गरियोस् । र वेपत्ता पार्ने माथि कानूनी कार्वाही र वेपत्ताका परिवारलाई उचित राहत प्रदान गरियोस् लगायतको दश बुदे माग पेश गरिएको छ ।      ज्ञापनपत्र जतिसक्दो जाँडा प्रधानमन्त्रि कार्यालयमा पु¥याउन पहल गर्ने प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले वताउनु भयो  ।

Related

स्थानिय 5982240202311032956

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item