भीरबाट लडेर एक युवकको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/01/dath.html
काठमान्डौ,माघ, १
भीरबाट लडेर जाजरकोट गर्खाकोट–४, का २८ वर्षिय लक्ष्मण खड्काको ज्यान गएको छ । नुन लिनका लागि घोडामा भटमास बोकेर दशेराको थलह बजार आउने क्रममा खड्काको हिजो गर्खाकोट–१, मटेलाको भीरबाट लडेर ज्यान गएको प्रहरीले जानकारी जनाएको छ । विपरित दिशाबाट खच्चडहरुको हुल गईरहेको बेला भारी बोकेको घोडालाई बचाउने क्रममा भीरबाट करिब ५० मिटर तल खसेर घोडासहित उहाँको ज्यान गएको हो । मृतक खड्काका घरमा पत्निसहित ६ वर्षिया छोरी, ४ र २ वर्षिय दुई छोरा रहेको स्थानीय गोपाल बहादुर गिरीले जानकारी दिनुभयो । गाउ“मा मोबाईल सेवा अनियमित भएकाले ढिलोगरीमात्रै घटनाका विषयमा जानकारी आएको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !