आज माघे सङ्क्रान्ति धामिर्क कार्य गरेर मनाइदै




काठमान्डौ माघ, १
आज माघ एक गते अर्थात माघे सङ्क्रान्ति, देशभर स्नान, दान लगायत बिभिन्न धार्मिक कार्य गरेर यो पर्व मनाइदैछ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । सौरमानको गणना बमोजिम आजदेखि ६ महिनासम्म यूर्य उत्तरायणमा प्रवेश गर्ने र धार्मिक मान्यताअनुसार सूर्य उत्तरायण भएको समय यज्ञ, दान आदि धार्मिक विधिका लागि शुभ मानिने भएकोले शुभ कर्महरु पनि यसै बेला गर्ने परम्पराछ । माघे सङ्क्रान्तिको अवसरमा आज बिहानैदेखि भक्तजनहरु नदी, तलाउ, त्रिवेणी, कुण्ड तथा जलाशयमा मकर स्नान गरिरहेका छन् । आजको दिन विशेषगरी देवघाट, वराहक्षेत्र,रिडी, कन्काई लगायतका स्थानहरुमा ठूलो मेला लागेको छ । स्नान, दान तथा पूजा गरिएपछि आआफ्नो घरमा तिलको लड्डु, तरुल, घीउ, चाकु, खिचडी, सेलरोटी लगायतका परिकार खाने चलन छ । 

Related

राष्ट्रिय 24573040425669710

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item