बाह्र वर्ष पछि भोजबहादुर आफन्त खोज्दै नेपालमा

http://sindhulidarpan.blogspot.com/2013/01/news_14.html
काठमान्डौ, माघ, १
विगत बाह्र वर्ष पहिले ८ वर्षको उमेरमा घरपरिवारबाट छुट्टिएर भारतको जलन्धरमा नेकरीको लागि पुगेका कास्की जिल्लाका भोजबहादुर तामाङले यतिवेला आफ्ना आफन्तजनलाई खोज्दै गुल्मीको छापहिले आइपुगेका छन् । सानै उमेरमा स्थानीय गलैचा उद्योगी जुठेमान तामाङको साथमा लागेर भारतको जलन्धर पुगेका भोज बहादुर ९ वर्षसम्म त्याहा काम गरेका थिए । तर त्याहाँ विभिन्न दुव्र्यबहार सहनु परेको तथा काम गरेपछि तलव समेत नपाएका कारण त्यहाँबाट भागेर भारतकै हिमाचल प्रदेश पुगेका वेला गुल्मी जिल्ला छापहिले गाउँ विकास समिति निवासी बोमबहादुर विकको साथमा गुल्मी आइपुगेर आपना आफन्तजनसँग पु¥याई दिन सबैसँग आग्रह गर्नु भएको छ । पोखराको फेवाताल नजिकै घर भएको बताउने तामाङको परिवार कहाँ के गरिरहेकाछने भन्ने पत्तो नै नभएको तथा भेटेपनि चिन्न नसक्ने बताएका छन् । उहाँका अनुसार आफ्नो परिवारमा बुवा निमा तामाङ, आमा मायाँ तामाङ तथा मामा बुद्धि तामाङको नाम याद गरेको बताउने भोजबहादुरले जो सुकैले भए पनि आफूलाई आफ्नो परिवारको साथमा पु¥याईदिन समेत आग्रह गर्नु भएको छ । तामाङ् अहिले गुल्मीको छापहिलेमै रहेको र जानाकारी लिन ९७४७०१७९१८मा सम्पर्क गर्न सकिने बताइएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !