पत्रकार डेकेन्द्र थापा हत्या प्रकरण


काठमाण्डौ,पुस २९ ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणको छानविन गरेर कारवाही हुने भए शान्ति प्रक्रिया भंग हुने चेतावनी दिनुभएको छ ।  रिपोर्टर्स क्लब नेपालले आज गरेको साक्षात्कारमा उनले द्वन्द्वकालमा भएका घटनाको यसरी छानविन गरिने हो भने द्धन्दकालमा सरकारको नेतृत्व गरेर एमाले र कांग्रेसको नेताहरु पनि तानिन पनि बताउनुभयो । पौडेलले आफैंले हस्ताक्षर गरेको विस्तृत शान्ति सम्झौताको विरोध गरे कहीं नपुगिने भन्दै शान्ति सम्झौताबाट टुङगिएका कुरा अहिले उठाएर शान्ति सम्झौता भंग गर्ने षडयन्त्र भईरहेको दाबी गर्नुभयो । पौडेलले यसलाई लिएर विपक्षीहरु आन्दोलनमा उत्रिए सरकार पनि चुप लागेर नबस्ने बताउनुभयो । उहाँले केही संचारमाध्यमलाई लक्षित गर्दै  कुनै राजनीतिक पार्टी र आईएनजीओको प्रवक्ता नबन्न भन्नुभयो ।

नेकपा एमालेका सचिव शंकर पोख्रेलले सत्य निरुपण आयोगको जामा पहिर्याएर जघन्य मानवता विरोधी घटनालाई ढाकछोप गर्ने प्रयत्न भएको दावी गर्दै पत्रकार डेकेन्द्र थापाको हत्याकाण्डको छानविन रोकिए त्यसविरुद्ध सडक आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । उहाँले द्धन्द्धकाकालमा भएका प्रतिशोध पूर्ण घटनाको सम्बन्धमा मात्रै सत्य निरुपण तथा मेलमिलाप आयोगले मेलमिलाप गराउन सक्ने भन्दै यस्ता मानवता विरोधी घटनाको सन्दर्भमा कानूनी कारवाहीको सिफारिसबाहेक केही गर्न नसक्ने बताउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले पत्रकार हत्याको छानविन रोक्ने अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीलाई थप लज्जित बनाएको भन्दै  काग्रेस पत्रकार हत्यासहितका विषयलाई लिएर सडक आन्दोलनमा जाने चेतावनी दिनुभयो । प्रधानमन्त्रीले सत्य निरुपण तथा मेलमिलाप आयोगको अर्थ नै नबुझेको दावी गर्दै आयोगले मानवताविरोधी, मानवअधिकार विरोधी, बलात्कारको घटनालाई मिलाउन नसक्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दोहोरो भिडन्तमा मरेकोबाहेक सबै घटना द्धन्द्धसँग सम्बन्धीत नभएको भन्दै पानी लिन गएको पत्रकारलाई जिउँदै पुरेर मार्नु अनि द्धन्द्धको घटना भनेर कार्यकर्तालाई बचाउन खोज्नु दण्डहिनताको पराकाष्ठा टिप्पणी गर्नुभयो । अपराधीलाई उन्मुक्ती दिएर माओवादीले कस्तो नयाँ नेपाल बनाउन खोजेको भनि प्रश्न गर्दै ७ वर्षसम्म सत्य निरुपण आयोग बन्न नदिने माओवादी नै भएको केसीको दाबी छ ।

Related

विविध 2486168180428547598

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item