‘प्रधानमन्त्री देशको हो कि कार्यकर्ताको हो ?’

http://sindhulidarpan.blogspot.com/2013/01/president_13.html
काठमाडौं, पुस २९ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दोहोर भिडन्तमा मरेको बाहेक सबै घटना द्वन्द्वसँग सम्बन्धित नभएको बताउनु भएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा उहाँले भन्नु भयो, ‘पानी लिन गएको पत्रकारलाई जिउँदै पुरेर मार्नु, अनि द्वन्द्वको घटना भनेर कार्यकर्तालाई बचाउन खोज्नु दण्डहिनताको पराकाष्ठा हो ।’
उहाँले निर्दोष पत्रकारलाई जिउँदै मारेर द्वन्द्वको घटना भनेर पन्छिन नपाईने बताउनु भयो । ‘प्रधानमन्त्री देशको हो कि कार्यकर्ताको हो ?,’ उहाँले प्रश्न गर्नु भयो । माओवादीले गरेको १० वर्षे यूद्ध जनयूद्ध नभई कथित उग्रवामपन्थी भडकाउमात्रै भएको बताउनु भएका अध्यक्ष केसीले युद्धमा बाहेक मारिएकाको निष्पक्ष छानविन गरेर कारवाही हुनु पर्ने माग गर्नु भयो । उहाँले अपराधीलाई उन्मुक्ति दिएर एमाओवादीले कस्तो नयाँ नेपाल बनाउन खोजेको हो भनेर प्रश्न समेत गर्नु भयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !