राष्ट्रपतिले दिएको सातौं पटकको समय आज सकिंदै

http://sindhulidarpan.blogspot.com/2013/01/nepal.html
काठमाण्डौ,पुस २० ।
राष्ट्रपति डा रामवरण यादवले सहमतिका लागि राजनीतिक दलहरुलाई दिनुभएको सातौं पटकको समय आज सकिंदैछ । गएको आइतबार ५ दिन समय थप गरेर आजसम्म सहमति गर्नका लागि आग्रह गर्नुभएको थियो । तर यो समयमा पनि दलहरुले उपलब्धिमूलक ढंगले कुनै छलफल नगरेका कारण ५ दिनको समय व्यर्थ भएको छ ।

यो बीचमा एकीकृत नेकपा माओवादीले स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेपछि यो विषयमा केही छलफल भए पनि विपक्षी नेपाली कांगे्रस र नेकपा एमालेले स्वीकार गरेका छैनन् । दलहरू आ–आफ्नै अडानमा कायमै रहेपछि सहमति जुट्न पनि सकिरहेको छैन । गएको मंसिरदेखि पटक पटक राष्ट्रपतिले समय थपे पनि त्यो समयमा दलहरुले सहमति गर्न सकेका छैनन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !