युवती विदेशीने क्रम वढ्यो
http://sindhulidarpan.blogspot.com/2013/01/women-in-abroad.html
मिनकुमार दाहाल,
सिन्धुली,पुस २० ।
केही महिना देखी सिन्धुली घरेलु कामदारको लागी युवतीहरु विदेशीनेक्रम वढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पन्ध्र देखी विस वर्ष उमेरका अविवाहीत आठ देखी दश जना युवतीहरुले जिल्ला प्रशासन कार्यालयमा राहदानी लिनको लागी निवेदन दिने गरेका छन् । राहदानी लिनको लागी निवेदन दिनेहरु सवै युवतीहरुले विदेश पैसा कमाउन जानलाई राहदानी वनाउन आएको वताउने गरेका छन् सहायक प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईले वताउनुभयो ।
झ्याडी गाँउ विकास समितीवाट राहदानी लिन जिल्ला प्रशासन कार्यालयमा वुधवार आएका अमृता माया वललाई सहायक प्रमुख जिल्ला अधिकारीले युवतीहरु विदेश जाँदा असुरक्षित हुने भएकोले घरमै काम गरेर वस्न आग्रह गर्नुभयो । विदेश को सँग कुन वाटो भएर जाने सहायक सिडीयोले प्रश्न गर्दा उहाँले वताउन चाहनुभएन । घर नजिकैको दिदीले विदेश लगि दिन्छु भनेकाले राहदानी वनाउन आएको उहाँको भनाइ थियो । । उहाँले कुन देश लाने हुन मलाई केही थाहा छैन वलले सहायक प्रजिअसँग भन्नुभयो ।

नेपालमा महिला हिंसाका घट्न वढी रहेका छन् । विदेशमा अविवाहित युवती जाँदा झनै संवेदन शिल हुने भएकोले उहाँलाई सहायक प्रजिअले नजान आग्रह गर्नुभयो । वलसँगै सोही गाविसका फुलमाया मोक्तान र अस्मीतामाया भोलन पनि राहदानी दिन जिल्ला प्रशासन आउनुभएको थियो । उहाँहरुले पनि राहदानी वनाएर विदेश जाने वताएपनी कहाँ जाने आफुलाई जानकारी नभएको र गाँउकै दिदीले विदेश पुराइदिन्छु भन्नु भएकोले पासपोर्ट वनाउन आएको वताउनुभयो । घर आम्दानीको श्रोत नभए पछि पैसा कमाउन विदेश जान लागेको उनीहरु वताउँ छन् । जिल्ला प्रशासन कार्यालयमा रहेको लैगिक हिंसा डेक्स प्रमुख सुनिता सुवेदी घरमै महिला माथि हिंसा वढी रहेको अवस्थामा घरेलु काम दारको रुपमा विदेश जान नहुने सल्लाह युवतीहरुलाई दिने गरेको वतानुहुन्छ । हामीले एक छिन सम्झाएर मात्रै नहुने रहेछ । विदेश जाने युवतीहरुले वुझ्न जरुरी छ हामी पैसा कमाउने भन्दै किन विदेश गै रहेका छौ सुवेदीले भन्नुभयो । जिल्ला प्रशासन कार्यालयमा कम्प्युटर अपरेटर विनिता खड्का विदेश जाने भन्दै उमेर नपुगेका युवतीहरु नागरिक्ता र राहदानी वनाउन आउँ छन् । केटीहरुले विदेश जानु हुँदैन भन्दा रिसाएर हिड्ने गरेको उहाँ वताउनुहुन्छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !