पृथ्वी नारायण शाहको २ सय ९१ औं जयन्ती


काठमाडौं,पुस २७ ।
 नेपाल एकीकरणको प्रणेता पुथ्वीनारायण शाहको २ सय ९१ औं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाईदै छ । पृथ्वी जयन्तीका अबसरमा आज विहान काठमाडौंमा उनको शालिकमा माल्र्याण गरिएको छ । सिंहदरबार अगाडि रहेको पुथ्वी नारायाण शाहको शालिकमा शुभेच्छुक र समर्थकले माला लगाई दिएका हुन् । पृथ्वी नारायण शाहको जन्म आजकै दिन अर्थात पुस–२७ गते भएको हो ।
बाईसे र चौविसे राज्यहरुमा बाँडिएका नेपाललाई पृथ्वी नारायण शाहले एकताको सुत्रमा बाँधेर आधुनिक नेपाल निर्माणको जग बसालेका हुन् ।

प्रत्येक वर्ष आजका दिन सरकारले राष्ट्रिय एकता दिवस मनाउने गरिए पनि गणतन्त्र स्थापनासँगै दिवस मनाउने कार्यक्रम हटाईएको थियो । सरकारले यो दिवसलाई मान्यता नदिँदा समर्थकहरु रुष्ठ भएका छन् ।
पुथ्वी जयन्तीका अवसरमा शुभकामना संदेश दिदै पूर्व राजा ज्ञानेन्द्र शाहले एकता, अखण्डता र राष्ट्रिय शक्तिका बीचमा सामन्जस्यता कायम राख्दै पृथ्वी नारयण शाहको योगदान सम्झेर नेपाल र नेपालीको हितमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।

Related

राष्ट्रिय 6308653360381064768

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item