उडायो सपना सवै प्लान नेपाल सिन्धुलीले ...

http://sindhulidarpan.blogspot.com/2013/01/plan-sindhuli.html
लोकहरी आचार्य,
सिन्धुली,पुस २७ ।
प्लान नेपाल सिन्धुलीले सिन्धुलीको जलकन्या गाविसमा सहमती, स्थानीय क्लब तथा संघसंस्था मार्फत र आफै पनि प्रत्यक्ष संलग्न भएर काम गर्न थालेको २ वर्ष विति सकेको छ । देखिने र उपलब्धीमूलक काम केहि पनि नभएको जलकन्याका स्थानीयवासीहरु बताउँछन् । छोराहरुको फोटो खिचेर लगेका थिए , धेरै सहयोग गर्छौ भनेर सपना देखाए तर अहिल्यसम्म केहि नपाएको जलकन्या ८ की विमला विसंखे वताउनुहुन्छ । आश्वासन त धेरै देखाएकोले घरसमेत सुम्पेको थिए तर आठ महिना वितिसक्दापनी हातमा केहि नपरेको सोहि गाविसकी दुर्गीमाया स्याङ्तान वताउनुहुन्छ ।
सुगँर,कुखुरा,व्राखा वितरण गर्छौ भनेर आश्वासन दिदै सहकारीमा राखे, तर यत्तिका समय वितिसक्दापनी केहि नपाएको वडा नम्वर ८ की सावित्रा मग्रातीको गुनासो छ । उहाँ भन्नुहुन्छ क्षत्री वाहुनँलाई वाडेका छन् तर दलित वस्तीमा केहि आईपुगेन, हामीलाई जातिय विभेद गरियो मग्रातीको गुनासो छ । प्लान नेपालले सहमती नामक संस्था मार्फत जलकन्यालाई शतप्रतिशत घरधुरी सहकारीमा आबद्ध भएको गाविसको रुपमा घोषणा नै गरिसकेको छ । तर सो अभियानले आफूहरुलाई कुनै फाइदा नपुगेको र सहमतीले गफ मात्र लगाउने गरेकाले सहकारी छाडी सकेको दुर्गीमाया स्याङ्तान वताउनुहुन्छ । सहकारीमा नियमित बचत गरियो तर अफूलाई चाहिएको बेलामा ऋण कहिल्य पाइएन वडा नम्वर ३ का सहकारीमा आवद्ध महिलाहरुको गुनासो रहेको छ ।
आकाशको फल आखाँतरि मर भनेझै आस देखाए अनुसार काम नभए पछि सो सस्थाले आश्वासनमा गठन गरेको सहकारी छाड्न लागेको साबित्रा मग्राती वताउनुहुन्छ । धेरै सपना देखाएर सहकारीमा आबद्ध गराइएको भएता पनि कमजोर आर्थिक अवस्थाका कारण बचत गर्न भन्दापनी लिएको ऋण नै तिर्न नसकेको वडा नं. ९ की गिता नेपाली वताउनुहुन्छ ।
गाविसमा प्लान नेपालप्रतीको वितृष्ण बढ्दै गए पनि प्लानले बाँडेको सपना पुरा हुने झिनो आश रहेको वडा नं. ९ का भीम बहादुर नेपाली वताउनुहुन्छ । विरामी हुँदा आफ्नो बोली र शारीरिक शक्ति गुमाउनुभएको भिमबहादुरको उपचारमा उहाँको परिवारले ऋण काड्न परेकोले पारिवारिक अवस्था नाजुक बन्दै गएको भिमवहादुरकी उहाँकी श्रीमती गीता नेपाली वताउनुहुन्छ । गत श्रावण महिनामै प्लानले भिम बहादुरको उपचार गरिदिने आश्वासन दिएको थियो । तर बोली अनुसार काम नभएको श्रीमती गिता नेपाली वनाउनुहुन्छ । प्लान नेपाल सँगको सहकार्यमा जलकन्या गाविसमा काम गरिरहेको सहमती सिन्धुलीका कार्यक्रम संयोजक तीलक सापकोटा यी गुनासाहरु सहि भएको स्वीकार गर्नुभएको छ ।
प्लान नेपालले भिमबहादुर जस्ता धेरैको सपना माथि खेलेको भन्दै जलकन्यावासीहरु आक्रोशित छन् । साँच्चैनै काम गर्नेहो भने २ वर्ष पर्याप्त समय हो । तर जिल्लाका वालवालिकाको समग्र बृति र विकासमा सघाउने भन्दै करोडौँ लगानी गरिरहेको प्लानले २ बर्षसम्म गरेको लगानीको प्रतिफल सुन्य हुन्छ भने लगानी के र कसका लागी ? प्रश्न प्लान नेपाललाई ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !