एसीसी महिला च्याम्पियनसिप क्रिकेटमा नेपाल समुह विजेता

http://sindhulidarpan.blogspot.com/2013/01/news_1441.html
काठमान्डौ माघ १५।
थाइल्याण्डमा जारी एसीसी महिला च्याम्पियनसिप क्रिकेटमा नेपालले लगातार चौथो जीत हात पारेको छ । केहीबेर अघि सकिएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजीत गरेको छ । यो जीतसँगै नेपाल समुह विजेता बनेको छ । यसअघि हङकङले नेपाल सामु ५५ रनको लक्ष्य प्रस्तुत गरेको छ । प्रेम ओभलमा पहिले व्याटिङ थालेको हङकङले २१ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ५४ रन बनायो । नेपालको लागि सरिता थापामगरले ४ विकेट, करुणा भण्डारी र नेरी थापाले ३–३ विकेट लिए । सेमिफाइनलमा पुगिसकेको नेपाल र हङकङबीचको आजको खेलले समुह बिजेताको टुङ्गो लगाउने छ । ३ खेलबाट ६ अंक जोडेको नेपाल समूह एको र्शीष स्थानमा रहेको छ भने समान अंक जोडेको हङकङ रन रेटमा पछि र्पादै दोस्रो स्थानमा छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !