नेपाल राहत शिक्षक हकहित संरक्षण यूनियन धनुषाद्वारा चरणवद्ध आन्दोलनको घोषणा



जनकपुर, माघ,१५
विभिन्न माग राख्दै नेपाल राहत शिक्षक हकहित संरक्षण यूनियन धनुषा आन्दोलित हँुदै गएका छन् । राहत शिक्षकहरुलाई समान सुविधा विषयमा जिल्ला शिक्षा कार्यलय धनुषाले शिक्षकहरुलाई भेदभाव गरीरहेको आरोप लगाइएको छ । राहत शिक्षकहरुलाई हालसम्मको तलब अबिलम्ब निकासा, प्रावि तहमा देखिएको समस्या अविलम्ब समाधान, पोषाक भता, दरवन्दी सरह राहत शिक्षकहरुलाई मान्यता र जिल्ला शिक्षा कार्यलय धनुषाले लिएको सकल स्थायी अध्यापन अनुमती पत्र अविलम्ब फीर्ताको माग राख्दै १७ गतेदेखि १९ गतेसम्म चरणवद्ध आन्दोलन कार्यक्रमको घोषणा गरिएको छ । सो उक्त दिनमा माग पुरा नभए २१ गतेदेखि जिल्ला शिक्ष कार्यालय धनुषामा अनिश्चितकालिन ताला वन्दी गरी धर्ना कार्यक्रम गरिने नेपाल राहत शिक्षक हकहित संरक्षण यूनियन धनुषाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 


Related

विविध 2691433709792853415

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item