२४ घण्टा भित्र दैलेखका पत्रकार फिर्ता हुने वातावरण नबने प्रधानमन्त्रीको समाचार बहिस्कार गर्ने सञ्जालको चेतावनी



सुरेश बिडारी,सर्लाही ,df3,!%
दैलेखेका बिस्थापित पत्रकारलाई सरकारले फर्काउने र सुरक्षा दिने विषयमा चासो नदिएको भन्दै सामुदायिक पत्रकार सञ्जालले विरोध जनाएको छ । २२ जना पत्रकारहरु भएको ५ दिन बिति सक्दा पनि फर्काउने र सुरक्षा दिने बिषयमा कुनै चासो नदिएको भन्दै सञ्जालले विरोध जनाएको हो । सञ्जालका अध्यक्ष सुमन सुस्केराद्वारा जारी विज्ञप्तीमा विस्थापित पत्रकारलाई ससम्मान फिर्ता तथा बन्द रहेका सञ्चारमाध्यम २४ घण्टा भित्र सुचारु हुने वातावरण सिर्जना नगरे सञ्जालले सामुदायिक रेडियोहरुमा प्रधानमन्त्रीको समाचार बहिस्कार गर्ने निर्णय गरेको उल्लेख गरिएको छ । स्वतन्त्र रुपमा कलम चलाउँदै आएका रेडियो तथा पत्रिकामा आबद्ध पत्रकारहरुलाई डेकेन्द्ररको जस्तो हालत बनाउने अभिब्यक्ती दिनु र जिल्लाबाट नै पत्रकारहरुलाई बिस्थापित हुने वातावरण सिर्जना गर्नुले नेपालका पत्रकारहरु स्वतन्त्र रुपमा लेख्न सक्ने अबस्थामा नरहेको प्रष्ट्याएको विज्ञप्तीमा उल्ल्ेख छ । अभियुक्तहरुले थापाको हत्या गरेको स्विकारी सकेको अवस्थामा प्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा महान्यायाधिवक्ता मुक्ति प्रधानले अनुसन्धान नै प्रभावित हुने गरी दिएको अभिब्यक्ति, सुरक्षा प्रमुखहरुलाई दिएको दवाव र अनुसन्धान गर्दै आएका अनुसन्धान अधिकारीलाई गरेको सरुवा, एमाओवादी कार्यकर्ताहरुले दैलेखेका अन्य पत्रकारहरुलाई दिएको धम्कि, पत्रिका कार्यालय माथिको आक्रमण जस्ता  घटनाले यतिखेर सिङ्गो प्रेस जगत असुरक्षित भएको महसुस गरेको सञ्जालको ठहर छ । प्रेस स्वतन्त्रता र न्यायका लागि लडिरहेका दैलेखेका पत्रकारहरु विस्थापित भएको घटनाले सामुदायिक रेडियो पत्रकार सञ्जाल केन्द्रिय समिति गम्भिर र स्तब्ध भएको विज्ञप्तीमा भनिएको छ । विस्थापित पत्रकारहरुलाई ससम्मान फर्काउने वातावरण सीर्जना गर्नुपर्ने र बन्द भएका सञ्चार माध्यम सुचारु गराउनका लागि तत्काल सुरक्षा प्रत्यभूती दिनुपर्ने भन्दै सञ्जालले देशभरका संचारसंस्थामा आवद्ध पत्रकारहरु आन्दोलित भई रहेको अवस्थामा प्रधानमन्त्री बाबुराम भट्टराई मौन बस्नुले पत्रकारलाई असुरक्षित गराउने काममा प्रधानमन्त्री नै सक्रिय रहेका हुन् की आशंका उब्जेको बताएको छ । साथै सञ्जालले विज्ञप्तीमा पत्रकारहरु विस्थापित हुँदा स्थानिय रेडियो तथा पत्रपत्रिका भएकोले दैलेखका नागरिक सुचनाको हकबाट बिमुख हुनु परेको भन्दै सञ्जालले दुःख पनि व्यक्त गरेको छ । 


Related

राष्ट्रिय 4879192455097013673

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item