बाबुराम सरकार ईतिहासकै सबैभन्दा भ्रष्ट भएको विपक्षी नेताहरुको भनाइ

http://sindhulidarpan.blogspot.com/2013/01/news_2964.html
विपक्षी दलका नेताहरुले प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार नेपालको ईतिहासमै सबैभन्दा भ्रष्ट सरकार भएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा नेपाली काग्रेसका नेता डा. रामशरण महतले नेपालको ईतिहासमै अहिले जस्तो खुलेआम र धेरै परिमाणमा भ्रष्टाचार नभएको आरोप लगाउँदै एमाओवादीले भ्रष्टाचारलाई सम्मानजनक काम बनाएको दावी गर्नुभयो । साक्षात्कारमा उहाँले पोखरा विमानस्थल, माथिल्लो त्रिशुली तेस्रो एको क्षमता विस्तार, नेपाल टेलिकम र चिनिया जहाज खरिद प्रक्रिया ठूलो आर्थिक चलखेल भएको भन्दै कृष्णबहादुर महराको सार्वजनिक टेप काण्डमा मागिएको ५० करोड रुपैया अहिले मध्येकै कुनै आयोजनाको डिल बापत भएको दावी गर्नुभयो । आफू अर्थमन्त्री भएकोले बेला नेपाल बायूसेवा निगमले चीनको जाहाज उपयूक्त नभएको भनि लिन अस्विकार गरेको तथ्य खुलाउँदै अहिले अन्तर्राष्ट्रिय स्तरमा उडान अनुमति समेत नपाएको ६ वट चिनियाँ जाहाज ल्याउन लाग्नुमा भ्रष्टाचारबाहेक कुनै कारण नभएको बताउनुभयो । नेकपा एमालेका नेता रघुवीर महासेठले अहिलेको सरकारले राण, पन्चायत र बहुदलीय कालमा भएको भ्रष्टाचारलाई समेत विर्साएको दावी गर्दै माओवादी नेताहरु देशको अर्थतन्त्रलाई टाट पल्टाएर सुखसुविधा भोगमा लागेको आरोप लगाउनुभयो । अहिलेको भ्रष्टाचारको जिम्मेवारी एमाओवादीले लिनु पर्ने नभए नेपाली जनताले तह लगाउने चेतावनी दिदै उहाँले अहिले आएर माओवादीले आफ्नो सहि पहिचान दिएको बताउनुभयो । साक्षात्कारमा शान्ति तथा पुनःनिर्माण मन्त्री टोपबहादुर रायमाझीले विपक्षी दलहरुको आरोप चिल आयो भनेर स्यालको चल्ला खाने दाउ जस्तै भएको भन्दै सरकारको बचाऊ गर्नुभयो । राजनीतिक आन्दोलनबाट कुर्सी नपाएर विपक्षीहरुले भ्रष्टाचार र चन्दाको कुरा उठाएर कुर्सी पाईन्छ कि भनेर आरोप लगाएको दावी गर्दै भदौमा आँखा फुटेको गोरुले सधै हरियो देख्छ भनेर विपक्षीलाई नै भ्रष्टाचारीको संज्ञा दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !