प्रधानमन्त्रीको गाडीमा ढुंगा प्रहार

http://sindhulidarpan.blogspot.com/2013/01/news_8691.html
प्रधानमन्त्री बाबुराम भट्टराईलाई विपक्षी दलका कार्यकर्ताहरुले कैलालीमा कालोझण्डा देखाउनुका साथै उनी सवार गाडीमा ढंगा प्रहार गरेका छन् । पार्टीको चौथो जिल्ला अधिवेशन उद्घाटनका क्रममा आज धनगढी आएका प्रधानमन्त्रीलाई कांग्रेस र एमाले आबद्ध भातृ संगठनका सामर्थकले राष्ट्र बैंक चोकमा नाराबाजी सहित कालोझण्डा देखाएका हुन् ।
आन्दोलनकारीले प्रधानमन्त्री सवार गाडीमा तीनचार पटकसम्म ढंगा प्रहार गरेका थिए । प्रहार गरेको ढंगा प्रधानमन्त्री चढेको गाडीको टायरमा लागेको थियो ।भट्टराईसँगै अलग गाडीमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ पनि रहेका थिए ।बैतडी जिल्लाको अधिवेशन उद्घाटन गरेर हेलिकप्टर मार्फत धनगढी आएका उनीहरुको बिरोधमा विपक्षी दलका कार्यकर्ताले बैतडीमा बजार बन्द समेत गराएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !