चितवनमा आगलागी, एक कारोडको क्षति

http://sindhulidarpan.blogspot.com/2013/01/news_6202.html
चितवन माघ १४
पुर्वी चितवनको भण्डारा को एक घर र सोही घरमा रहेको चार वटा पसलमा आगलागी हुँदा करिब १ करोडको क्षति भएको छ । सुर्वण देवी श्रेष्ठको घरमा गएराती पौने १ बजेतिर ४ वटा सटरमा रहेका पसलहरु र घरमा आगलागी हुँदा ८७ लाखको क्षती भएको हो । चार वटा सटरमध्ये राजु गौतमले संचालन गरेको खुद्रा होलसेल किराना पसलमा सबैभन्दा बढी ६० लाख क्षति भएको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी नायव निरीक्षक लोकेन्द्र मल्लले जानकारी दिनुभयो । त्यस्तै तुलसी राम पाठकले संचालन गरेको जनता कृषि पसलमा ८ लाख, रेशम प्रसाद ढुङ्गानाले संचालन गरेको फेन्सी पसलमा ७ लाख , प्रकास तामाङले संचालन गरेको फेन्सी पसलमा २ लाख र पसलहरु रहेको सुर्वण देवी श्रेष्ठको घरमा १० लाख बराबरको क्षति भएको मल्लले बताउनुभयो । आगलागीबाट घर पुर्णरुपमा क्षतीग्रस्त भएको उहाँले बताउनुभयो । आगलागी भएको थाहा पाए लगत्तै भरतपुरबाट गएको दुई र हेटौडाबाट आएको १ वटा वारुणयन्त्र, प्रहरी र स्थानियासीको सहयोगमा आगो विहान साँढे ४ वजेतिर नियन्त्रणमा लिईएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !