डेकेन्द्र थापा हत्या प्रकरणमा जवाफ दिन प्रधानमन्त्री सर्वोच्चमा

http://sindhulidarpan.blogspot.com/2013/01/news_7135.html
काठमान्डौ माघ १५।
अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई सर्वोच्च अदालत पुग्नु भएको छ । पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न भएको आरोप लागेकालाई बयान नलिन महान्याधिवक्ताले दैलेखका जिल्ला न्यायाधिवक्तालाई लिखित आदेश दिएर अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री विरुद्ध पनि रिट दायर भएको थियो । रिटको सनुवाई गर्दै माघ पाँच गते सर्वोच्च एक हप्ताभित्र अदालतमै उपस्थित भएर लिखित जवाफ दिन आदेश दिएको थियो । प्रधानमन्त्री भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोगको माध्यमबाट मात्रै द्धन्द्धकालका मुद्दाको किनारा लगाउनुपर्ने बताउँदै आउनु भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !