किसानको धर्नामा प्रहरी हस्तक्षेप



नवलपरासी माघ, १५।
सरकारले अझैसम्म उखुको मूल्य निर्धारण नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय परासीमा धर्ना बसेका किसानमाथि प्रहरीले हस्तक्षेप गरेको छ । उखु उत्पादक कृषक समितिको अगुवाईमा धर्ना बसेका किसानमाथि प्रहरीले लाठीचार्ज गरेको छ भने करिब एक दर्जन किसानहरुलाई नियन्त्रणमा लिएको छ । उखुको उचित मूल्य निर्धारण गर्ने विषयमा सरकार र चिनी उद्योग संचालक उदासिन देखिएको भन्दै किसानहरुले फेरि आन्दोलन गरेका हुन् । आज बिहानदेखि जिल्ला प्रशासन कार्यालयको मूलगेटमा बसेका किसानहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई आज परासी आउने कार्यक्रम भएकाले उखु किसानहरु आफ्नो मागको ध्यानाकर्षण गर्न धर्नामा बसेका हुन् । प्रहरीले उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादव, देवकरण जैसवाललगायतलाई गिरफ्तार गरेको छ ।

Related

विविध 2649082398974298846

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item