सत्तापक्ष सड्कमा आउनु गलत भएको काङ्ग्रेस उपसभापति पौडेलको भनाइ

http://sindhulidarpan.blogspot.com/2013/01/news_9365.html
बागलुङ माघ १५।
नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले वर्तमान सरकारले मुलुकमा आपराधिकरण गर्न खोजेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्रीले अपराधीहरुलाई जोगाउँदै हिंडेकोप्रति असन्तुष्टी जनाउँदै सरकारले जनपरिचालनका नाममा देशमा मुठभेड निम्त्याउन खोजेको बताउनुभएको हो । नेपाल प्रेस युनियन बागलुङ शाखाले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले सत्तापक्ष सडकमा आउने घोषणा गर्नुले उनीहरु विपक्षीसँग मुठभेड गर्न चाहेको स्पष्ट भएको दाबी गर्नुभयो । सरकार गैरकानूनी ढङ्गले चलेकाले वार्ता र सम्वाद गर्नु कुनै औचित्य नहुने भन्दै वर्तमान सरकार सडकबाटै वर्खास्त हुने पनि बताउनुभयो । सरकारले राज्यशक्तिको दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोप लगाउँदै उहाँले यसको अनुसन्धान गरी कानूनी कार्वाही गर्नु जरुरी रहेको पनि बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !