आन्दोलन संविधान निर्माणका लागिः कोइराला
http://sindhulidarpan.blogspot.com/2013/01/news_1549.html
नेपाली काग्रेसका सभापति शुशील कोइरालाले आफुहरुको आन्दोलन सत्ताका लागीनभई संविधान निर्माणका लागी भएको वताउनु भएको छ ।नेपाली काँग्रेसलाई सत्ताको लोभलालच नभएको भन्दै कोईरालाले संविधाननिर्माण कांग्रेसको मुल उदेस्य भएको वताउनु भयो । नेपाल प्रेस युनियनदाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान सभाको निर्वाचन भई संविधान निर्माण गरिनु पर्नेमा जोड दिनुभयो ।माओवादीको अलोकतान्त्रिक चरित्र र लोकतन्त्रप्रतिको अज्ञानताका कारणदलहरुबिच सहमति हुन नसकेको सभापति कोईरालाको भनाई थियो । उहाले लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रताका बारेमा माओवादीले बुझ्नै नसकेको आरोप लगाउनुभयो ।माओवादी नेतृत्व जनतालाई झुक्काउने र लोकतन्त्रको उपहास गर्दै हिडेकोभन्दै कोइरालाले जनतालाई झुक्काउने गरी जथाभावी बोल्दै नहिड्न एकिकृतमाओवादीलाई आग्रह गर्नुभयो ।
.jpg)


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !