लुटेराद्वारा वृद्ध दम्पतीको हत्या


काठमान्डौ, माघ,१७ । 
सिन्धुपाल्चोकको लिस्ती गाबिसमा एक बृद्ध दम्पतिको हत्या भएको छ । गएराति लुटेरा समुहले तिस्ती ५ बिसनकुना गांउका ६० बर्षिय भत्तबहादुर प्रधान र ५५ बर्षिय श्रीमति मानकुमारी प्रधानको हत्या गरेको प्रहरीले जनाएको छ । करिब दश जनाको संख्यामा आएका लुटेराहरुले घरमा कोही नभएका बेला प्रधान दम्पतीको हत्या गरेको हो । मृतकका छोराहरु राजधानीमा बस्दै आएका छन् । घटनास्थल बस्तीभन्दा केहि टाढा एकान्तमा रहेकाले घटनाका बिषयमा गांउलेहरुले छिट्टै जानकारी पाउन नसकेकाले लुटेराहरु भाग्न सफल भएको प्रहरीले जनाएको छ ।घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Related

विविध 7222055706194251813

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item