नेपाल थाइल्याण्डसंग ७ विकेटले पराजित
http://sindhulidarpan.blogspot.com/2013/01/news_5917.html
काठमाडौं, माघ १७ ।
एसीसी महिला च्याम्पियनसिपको सुरुवाती खेलमा राम्रो प्रदर्शन गर्दै समूह बिजेता भएर सेमिफाइनल प्रवेश गरेको नेपालले आज थाईल्याण्डसंग पराजय भोगेको छ । आज थाइल्याण्डको प्रेम ओभल रंगशालामा भएको खेलमा थाईल्याण्डसंग सात विकेटले पराजित भएपछि नेपालको अपराजित यात्रामा पुर्णबिराम लागेको हो । आजको खेलमा खराब सुरुवात गरेको नेपालले २० ओभरको खेलमा ३८ रनमै खुम्चिनु परेको थियो । आजको पराजयले विश्वकप यात्राको सपना पनि अपुरो बनाएको छ । आजको खेलमा पहिले व्याटिङ थालेको नेपाल २० ओभरमा ३८ रन जोड्दा अलआउट भएको थियो । नेपालका कुनै पनि व्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन ।११ अतिरिक्त रन जोडेको नेपालका लागि सीता मगरले सर्वाधिक ७ रन जोडिन । समूह चरणमा अपराजित रहेको नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो ।
.jpg)


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !