काठमान्डौ को माछापोखरिमा एक जनाको मृत्यु



काठमाडौ १८ माघ
काठमाण्डौको माछापोखरीमा आज विहान भएको स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अरु ५ जना घाइते भएका छन् ।
बिहान ५ बजे नयाँ बसपार्कबाट बालाजु तर्फ जादै गरेको बा १ क ४३३९ नम्बरको स्कुल बस पल्टिदा सडकमा रहेका साइकल यात्री दोलखाका ३८ वर्षिय नारायण खत्रीको मृत्यु भएको हो । मृतक खत्री सैनिक मुख्यालयमा कार्यरत जवान रहेको प्रहरीले जनाएको छ । घाइते खत्रीको बालाजुमा रहेको जनमैत्री अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ५ जना पैदल यात्रुको भने अहिले उपचार भईरहेको छ ।स्कुल बस खाली रहेपनि सडकमा सवारी साधन कुरिरहेका तथा पैदल यात्रु घाइते भएका हुन् । दुर्घटना पछि बसका चालक भने फरार छन् ।

Related

राष्ट्रिय 5950076525511468086

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item