सत्तारुढ दलको शक्ति प्रदर्शन
http://sindhulidarpan.blogspot.com/2013/01/news_2388.html
काठमाडौ १७ माघ
सत्तारुढ दलहरुको संघिय लोकतान्त्रिक गठबन्धनले आज राजधानीमा जनपरिचाल भन्दै शक्ति प्रदर्शन गर्ने भएको छ । दिउसो १ बजेपछि खुलामञ्चमा हुने कार्यक्रमलाई सत्तारुढ २१ दलका नेताहरुले संबोधन गर्ने कार्यक्रम रहेको छ । खुलामञ्चमा सभा सुरुहुनु पूर्ब राजधानीका विभिन्न ठाउबाट सत्तारुढदलहरुले ¥याली निकाल्ने तयारी गरेका छन् ।
एकीकृत माओबादीले कुपन्डोल, मैतिदेबी, कालिमाटी, बागबजार र लैनचौरबाट जुलुस निकाल्ने जिम्मा पाएको छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले तीन कुने, फोरम गणतान्त्रिकले संखमुल, तराई मधेस लोकतान्त्रिक पार्टीले थापागाँउ, सद्भावना पार्टीले नयाँ बानेश्वर, तमलोपा नेपालले थापाथली, जनमुक्ति पार्टीले धोविधारा, समाजबादी जनता दलले सुन्धारा, जनता दलले घट्टेकुलो र नेकपा माले समाजबादीले डिल्लीबजारबाट जुलुस निकल्ने तयारी भएको गठबन्धनका प्रबक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।
सत्तारुढ दलले शक्ति प्रदर्शन भन्दै गर्न लागेको सभामा माओबादीले राजधानी बाहिरका जिल्लाबाट पनि करिब २ सय बसमा कार्यकर्ता ओसार्ने बताएको छ ।
राजनीतिक संकट समाधानकालागि अहिले सम्म भएका छलफल र सहमतिकालागि विपक्षी दलहरु बाधक भएको आरोप सत्ता पक्षले लगाएको छ । विपक्षी दलहरुले पनि हिजो राजधानीको सहिद गेटमा विरोध सभा गरेका थिए । यसैगरी विपक्षी दलहरुलनै आगामी २६ गते खुलामञ्चमा विरोध सभाको आयोजना गर्ने घोषणा गरिसकेका छन् । सत्ता पक्ष र विपक्षी सबै अहिले आन्दोलन भन्दै सडकमा गएपछि सर्बसाधारण भने अन्यौलमा छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !