राष्ट्रपति र प्रधानमन्त्रीबिच छलफल जारी
http://sindhulidarpan.blogspot.com/2013/01/news_30.html
काठमाडौं, १७ माघ ।
मुलुकको समसामियक राजनीति र सहमतिको प्रयासका बिषयमा राष्ट्रति डा. रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराई बिच आज बिहान छलफल भएको छ ।राष्ट्रपति कार्यालय शितल निवासमा भएको छलफलमा राष्ट्रपति यादवले सहमतिय सरकार निर्माणका लागि दलहरुबिचको प्रयास र संबिधान सभाको निर्वाचनको बिषयमा चासो राख्नु भएको थियो । जवाफमा प्रधानमन्त्री भट्टराईले आगामी जेठ १५ भित्र संबिधान सभाको निर्वाचन हुने गरी दलहरुबिच छलफल भैरहेको बताउनु भएको थियो । साथै प्रधानमन्त्री भट्टराईले सहमतिय सरकार निर्माणका लागि सत्तारुढ दलहरुले प्रयास गरिरहेको र छिट्टै सहमतिको सरकार निर्माण हुने जानकारी गराउनु भएको थियो ।राष्ट्रपति यादवले दलहरुबिच छिटो सहमति गरी निर्वाचनका लागि खट्न सुझाव दिएको राष्ट्रपति कार्यालय श्रोतले जनाएको छ ।
यसअघि राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि दलहरुलाई पटक–पटक लिखित आह्वान गर्नु भएका राष्ट्रपति यादवले पछिल्लो समय लिखित आह्वानको शिलशिला अन्त्य गरी मौखिक रुपमा सहमतिका लागि आह्वान गर्नु भएको थियो । माघ २ गते लिखित समय सिमा नतोकेर सहमतिका लागि आह्वान गरेयता दलहरुबिच सहमतिको कुनै प्रयास भएको छैन । गत ६ गते देखि बिपक्षी दलहरु सहमतीको ढोका खुल्ला राखी सरकार बिरोधी आन्दोलनमा होमिएका छन् भने सत्तारुढ दल एकीकृत माओवादी लगायतका २१ दलको संघिय लोकतान्त्रिक गणतान्त्रिक मोर्चाले पनि बिपक्षी दलको आन्दोलन परास्त गर्ने उदेश्य सहित आज जनजागरण सभा गर्दैछ ।राष्ट्रपति यादव सत्ता पक्ष र बिपक्षी दलहरुको आन्दोलनले देश मुठभेडको स्थितीमा पुगेको भन्दै चिन्तित हुनुहुन्छ ।राष्ट्रपति यादवले अहिले केहिबेरमा शिर्ष चार दलका प्रमुख नेताहरुसंग पनि छलफल गर्दै हुनुहुन्छ ।छलफलमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शुशिल कोईराला, एमाले अध्यक्ष झलनाथ खनाल, मधेशी मोर्चाका नेता बिजय कुमार गच्छदार लगायतका नेताहरु सहभागी हुने बताईको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !