बिस्थापित पत्रकारहरु स्थापित भए



काठमाडौं, १६ माघ ।
माओवादीको धम्कीका कारण बिस्थापित भएर सुर्खेतमा बसीरहेका दैलेखका पत्रकारहरु आज जिल्ला फर्किएका छन् ।क्षेत्रीय प्रशासक शारदाप्रसाद त्रितालले सुरक्षाको जिम्मेवारी लिने लिखित प्रतिबद्धता जनाए पछि बिस्थापित २२ पत्रकार आज बिहान दैलेख फकिएएका हुन् ।
पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्नलाई कार्वाहीको माग गरी पत्रकारहरु आन्दोलित बनेका बेला माओवादी कार्यकर्ताले अरु पत्रकारहरुलाई पनि डेकेन्द्रको जस्तो हालत बनाईदिने धम्कि दिएपछि पत्रकारहरु असुरक्षीत भएको भन्दै जिल्ला छोडेका थिए ।हिजो पत्रकार महासंघका अध्यक्ष शिव गाउँले सहितको टोली सुर्खेत पुगेर क्षेत्रीय प्रशासक संग सुरक्षाका बिषयमा समन्वय गरेपछि आज क्षेत्रीय प्रशासक त्रिताल, क्षेत्रीय प्रहरी प्रमुख, पत्रकार महासंघका अध्यक्ष गाउँले, मानवअधिकार बादी, र सरोकारवाला निकायका प्रतिनिधी सहित बिस्थापित पत्रकारहरुको टोली दैलेख गएको पत्रकार गोबिन्ददेव भारतीले जानकारी दिनु भयो ।

Related

विविध 9184639328473404020

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item