५० हजार कार्यकर्ता उतार्ने दाबी

http://sindhulidarpan.blogspot.com/2013/02/news_3.html
काठमानडौ, माघ,२१
सरकारविरुद्ध चरणबद्ध आन्दोलन थालेकाgले आज नेपालगञ्जमा शक्ति प्रदर्शन गर्ने भएका छन् ।रामलिला मैदानमा हुने विरोधसभामा बाँके, बर्दिया, सुर्खेत, दाङ, दैलेख, कैलाली लगायतका जिल्लाबाट झण्डै ५० हजार कार्यकर्ता उतार्ने आयोजकको दाबी छ ।बिरोध सभालाई नेपाली काङ्गे्रेसका सभापति सुशील कोइराला, युवा नेता बद्री पाण्डे, नेकपा एमालेका सचिव युवराज ज्ञवाली, राप्रपाका महामन्त्री दीपक बोहरालगायत अरू दलका शीर्ष नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस बाँकेका सभापति डा.अरुण कोइरालाले जानकारी दिनु भयो ।
मुलुकको राजनीतिक निकासका लागि वर्तमान सरकारको बहिर्गमन आवश्यक भएको निष्कर्ष निकाल्दै बिपक्षी १० दलले आज शक्ति प्रदर्शन गर्न लागेका हुन् ।नेपाली काङ्ग्रेस बाँकेको अगुवाईमा नेपालगन्जमा हुन लागेको कार्यक्रममा नेकपा एमाले, नेकपा माले, राप्रपा, राष्ट्रिय जनशक्ति पार्टी, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा लगायत १० पार्टीको सहभागीता रहने भएको छ ।सभामा जनसहभागिता जुटाउन गाउँगाउँमा दुई सय बस परिचालन गरिएको छ । नेपालगन्जको प्रमुख चोकहरुबाट ¥याली सहित सभास्थल जाने कार्यक्रम रहेको कांग्रेस बाँकेका सभापति डा.अरुण कोइरालाले जानकारी दिनु भयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !