बेहोस अवस्थामा फेला परेका दम्पतीको उपचारको क्रममा मृत्यु



ललितपुर, माघ,२१
ललितपुरको सानागाउँस्थित ओम इँटाभट्टामा बेहोस अवस्थामा फेला परेका रोल्पाका एक दम्पतीको उपचारको क्रममा मृत्यु भएको छ । १९ गते साँझ इट्टाभट्टामा बेहोस अवस्थामा फेला परेका दम्पतिको उपचारको क्रममा क्रिष्ट मेडिकल कलेज इमाडोलमा मृत्यु भएको हो । २८ वर्षीय लालबहादुर बुढाथोकी र उनकी श्रीमती २६ बर्षिय शाकाला बुढाथोकीलाई बेहोस अवस्थामा फेला पारेपछि उपचारका लागी अस्पताल लगिएको थियो । सोही इँटाभट्टामा काम गर्ने ३७ वर्षीया सीता मगर समेत बेहोस अबस्थामा भेटिएको भएपनि उनको उपचार जारी रहेको छ । उनीहरु के कारणले बेहोस भएका थिए भन्ने बारे जानकारी नभएको अस्पतालले जनाएको छ 

Related

विविध 2694963571607357788

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item