दुर्घटनामा दुईजनाको मृत्यु, दुईजना घाइते



  पोखरा,फागुन २२ । 
कास्कीको लेखनाथ नगरपालिका–१३ मा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग १ ख ३०३८ नम्बर मिनी ट्रक साततारे  भन्ने स्थानमा दुर्घटना हुँदा स्थानीय १६ बर्षका सागर राना र भोजपुर घर भई सोही ठाउँ बस्ने १३ बर्षीय सुजन मालिको मृत्यु भएको हो । गएराती सेती नदीबाट गिट्टी बालुवा लिई पृथ्वी राजामार्ग तर्फ आउँदै गरेको मिनि ट्रक सडकबाट २० मिटर तल सेती नदीमा खसेको थियो । यस्तै २ जना घाइते भएका छन्  घाइते हुनेहरुमा तनुहँ बन्दीपर घर भई हाल मझुवा बस्दै आएका बर्ष १५का तुलाराम गुरुङ र बर्ष १६ का कृष्ण गुरुङ घाइते हुनु भएको छ ।


Related

विविध 2598910525320098645

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item