मोनोरेल निर्माणका लागि प्रयास थालिदै

http://sindhulidarpan.blogspot.com/2013/03/junar.html
पोष्टराज पहाडी,
सिन्धुली,फागुन २२ ।
जुनारका लागि प्रख्यात सिन्धुली जिल्लामा जुनार ढुवानी गर्न मोनोरेल निर्माणका लागि प्रयास थालिने भएको छ । सिन्धुलीको विशेषगरी जुनार उत्पादन हुने गाविसहरु नाकाझोली देखि रतनचुराको गाविस भवन सम्म मोनोरेल निर्माणका लागि प्रयास सुरु गरिएको जुनार उत्पादन संघ सिन्धुलीका अध्यक्ष निर्मल रम्तेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार मोनोरेल निर्माणका लागि जुनार उत्पादन जिल्ला संघ र जुनार उत्पादन केन्द्रिय सहकारी संघ दुवैले जापानी कम्पनी जाइका सँग अनुरोध गर्ने भएका छ्न् । साथै मोनोरेल निर्माणमा सहयोग गर्न जापानी कम्पनी जाइका पनि सकारात्मक देखिएको रम्तेलको भनाई छ । मनोरेल निर्माणका लागि पहल गर्न जुनार उत्पादन संघ सिन्धुली र जुनार केन्द्रिय सहकारी संघको साधारण सभाले समेत नितिगत निर्णय गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !