सिन्धुलीमा प्रथम अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोसत्सव हुने


विदूर पौडेल, 
सिन्धुली,फागुन २२ ।
सिन्धुलीमा पहिलो पटक अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोसत्सव हुने भएको छ । प्रोङ्बोला छार न्हान सिन्धुलीको आयोजना तथा आदिवासी चलचित्र संग्रहलय काठमाडौंको सह–आयोजनामा आगामी चैत्र ३० देखि बैशाख १ गतेसम्म सिन्धुलीमाढीमा ३ दिने प्रथम अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव हुन लागेको हो । प्राङ्बोला छार न्हान, सिन्धुलीका अध्यक्ष काजीमान थिङले आज प्रेस विज्ञप्ती जारी गर्दै महोत्सवमा विभिन्न आदिवासी जनजाति समुदायसँग सम्बन्धीत करिव २५ वटा चलचित्र एवं बृत्तचित्रहरू प्रर्दशन गरिने जानकारी दिइएको छ । 

महोत्सवमा तामाङ, मगर, नेवार, सुनुवार, हायू, माझी, दनुवार, भुजेल, चेपाङ र थारू लगायतका सांस्कृतिक, भाषिक तथा राजनीतिक घटनामा पिल्सिएका आदिवासी जनजातिसँग सम्बन्धीत चलचित्रहरू प्रदर्शन गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै चिन, क्यानडा, अस्ट्रेलीय, इक्वेडर, बोलीभिया, फिलिपिन्स लगायतका आदिवासी चलचित्रहरू पनि महोत्सवमा प्रदर्शन हुने अध्यक्ष थिङद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । करिव १ लाख दर्शकले अवलोकन गरिने अपेक्षा सहित आदिवासी जनजातिहरूको भाषिक, संस्कृतिक एवं परम्परागत मुल्य–मान्यताहरूको संरक्षण र विकासमा टेवा पु¥याउने उद्देश्यले महोत्सव गर्न लागेको बताइएको छ ।

Related

मनोरञ्जन 2510845777333243430

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item