लालीगुरासँले रातम्य सिन्धुलीको वन


पोष्टराज पहाडी,
सिन्धुली,फागुन २२ ।
सिन्धुली – लालीगुँरास फूल फुलेपछि सिन्धुलीका लेकहरु तथा वनजंगलहरु राताम्य भएका छन् । जिल्लाका सिन्धुलीगढी, फिक्कल, फाल्चुरी, छरछरे, मतानबास लगाएत महाभारत पर्वतहरु यतिखेर लाली गुँरासले राताम्य भएका हुन् ।
लालीगुँरास फुलेसँगै जिल्लाको पहाड र जङ्गलमा राताम्य भएर फुलेका लालीगुँराससँगैको प्राकृतीक सुन्दरतामा रमाउने आन्तरीक तथा बाह्य पर्यटकहरुको पनि चहलपहल बढेको छ । जैविक बिविधताले भरिपूर्ण पहाडी जिल्ला सिन्धुलीमा यसपाली माघ महिनादेखिनै गुराँस फूल्न सुरु गरेको थियो ।
ऐतिहासीक सिन्धुलीगढी क्षेत्रमा आन्तरीक तथा बाह्य पर्यटकहरुको चहलपहल बढेको स्थानीय होटल ब्यवसायीहरुले बताएका छन् । सिन्धुली लगायत सिन्धुलीका छिमेकी जिल्लाहरु महोत्तरी, सर्लाही, सिराहा, लगायतका जिल्लाहरुबाट पर्यटकहरु आउने गर्दछन् ।
राष्ट्रिय फूल लालीगुराँसले वनपाखा ढकमक्क भएपछि सिन्धुलीगढी तथा सिन्धुलीको सबैभन्दा उचाईमा रहेको फिक्कल डाँडामा विशेषगरी विद्यार्थीहरुको आगमन बढेको पाइएको छ । सिन्धुलीगढी क्षेत्रमा दिनहुँ बाख्रा चराउन आउने स्थानीय उदय नारायण अधिकारीले लालीगुरासँको पृष्ठभुमिमा प्राकृतीक सुन्दरतामा रमाउन शैक्षिक भ्रमण गर्ने विद्यार्थीहरुका लागि सिन्धुलीगढी आकर्षकस्थल बनेको बताए । उनले भने–‘विद्यार्थी मात्र होइन कतिपय यात्रीहरु लालीगुराँससँग धित मारेर खेल्छन् भने रमेर तस्बिर खिच्ने गर्दछन् । फूल टिप्न टाढा–टाढादेखि गाडी लिएर मानिसहरु आउने गर्छन् । यहाँको लालि गुँरास फूलले       आन्तरिक तथा बाह्य पर्यटकहरुको मन नै प्रफुल्ल बनाउने गर्दछ ।’
यहि लालि गुँरास फुललाई स्थानीय बालबालिकाहरु एक अङ्गालो १० रुपियाँमा बेच्दै आफ्नो पढाई खर्च पनि टार्ने गरेका छन् ।  लालि गुँरास फुलेपछि त्यहाँका बालकहरुले स्कुलको समय भन्दा वाहेक गुराँसको फूल वेच्ने गरेको रतनचुराका बालक खिलबहादुर थापा मगरले बताए ।  फागुन, चैत्र र वैशाख गरी तीन महिनासम्म फुल्ने गुराँसले पर्यटकहरुको मन लोभिनुका साथै स्थानीय बालकालिकालाई समेत पढाई खर्च जुटाउने माध्यम बनेको छ ।  स्थानीय स्तरमा विभिन्न तत्व पाईने लालीगुराँसबाट सिन्धुलीको फिक्कल क्षेत्रबाट जुस पनि उत्पादन गर्ने गरेका छन् । गुराँसको जुस मुटुको रोगीका लागि उपयोगी मानिन्छ । त्यस्तै यसको फूल माछाको काँडालगायत अन्य वस्तु घाँटीमा अड्किएको बेला प्रयोग गरिन्छ । जन्डिस, आउँ, खोकी, कलेजो सुन्निएको, मुखको गन्ध हटाउनसमेत लालीगुराँस औषधि हुने चिकित्सकहरुको भनाई छ ।
विभिन्न पर्यटकीय स्थल तथा सार्वजनीक कार्यक्रम आयोजना गर्दा गुराँसको फूलले स्वागतद्धार बनाउने चलन पनि छ । लालिगुराँसलाई शुभ साईतको प्रतिक पनि मानिन्छ ।
लालीगुराँसले वि.सं.२०१९ सालमा राष्ट्रिय फूलको रुपमा मान्यता पाएको थियो ।

Related

स्थानिय 799640892024551463

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item